राष्ट्रसंघ प्रमुखको युक्रेन भ्रमणका बेला रुसी हमलामा एक जनाको मृत्यु

कीएभ । संयुक्त राष्ट्र संघका महासचिव एन्टेनियो गुटेरस युक्रेनको राजधानी किएभकै भ्रमणमा रहेको बेला किएभको केन्द्रमा रुसले गरेको आक्रमणमा परी एक जनाको मृत्यु भएको छ।

कीएभका मेयर भिटाली क्लिट्स्कोले सामाजिक सञ्जालमा एक विज्ञप्तिमार्फत सो जनाएका छन् ।

विज्ञप्तिमा भनिएको छ, ‘हिजो रकेट प्रहार भएको शेभचेन्किभ्स्की जिल्लाको आवासीय भवनको भग्नावशेष खोज्न र हटाउन जारी राखेका उद्धारकर्ताहरूले भर्खरै मात्र आक्रमणमा मारिएका एक व्यक्तिको अवशेष फेला पारेका छन् ।’

युक्रेनमा शुक्रबार संयुक्त राष्ट्रसंघका प्रमुखको भ्रमणको क्रममा रुसले किएभमा अवस्थित एक २५ तले भवनलाई लक्षित गर्दै दुई क्षेप्यास्त्र प्रहार गरेको थियो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *