माओवादीबाट वडाअध्यक्षमा सिफारिस भएका कालिकोटका भट्टराई एमाले प्रवेश

सुर्खेत । कालिकोटको शुभकालिका गाउँपालिकाको वडा नं ५ बाट नेकपा माओवादीको वडा अध्यक्षको उम्मेदवार सिफारिस भएका गोपाल भट्टराई एमालेमा प्रवेश गरेका छन् । एमाले स्थायी कमिटि सदस्य गोरख वोगटीले एमाले प्रदेश कार्यालयमा उनलाई एमालेमा स्वागत गरेका हुन ।

उनलाई नेकपा माओवादीले वडा अध्यक्ष पदका लागि सिफारिस गरेको थियो । माओवादी केन्द्रले उनी सहित प्रकाश हमाललाई समेत वडा अध्यक्षमा सिफारिस गरेको थियो।

‘एमाले जनताको पार्टी हो । यहाँ सबैले समान अधिकार पाउने र जनताको पक्षमा काम गर्ने पार्टी उमाले भएको मेरो ठम्याई थियो । त्यहि कारण म पद भन्दा पनि पार्टीको विचार, विधीसँग सहमत भएर एमालेमा प्रवेश गरेको हो ।’ भट्टराईले भने, ‘कम्युनिष्टको नाममा पुंजीवादीलाई भोट दिनुपर्ने बाध्यता कायम गर्ने सत्ता लोभी पार्टी माओवादीलाई मैले त्यहि भएर त्यागेको हो ।’

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *