दाङको एक मस्जिदमा आक्रमण, नवाज पढिरहेका ८ जना घाइते

रुपन्देही । दाङको एक मस्जिदमा अपरिचित व्यक्तिको समूहबाट आक्रमण हुँदा ८ जना घाइते भएका छन् । घाइते मध्ये एक जनाको अवस्था गम्भीर रहेको छ ।

वडा प्रहरी कार्यालय लमहीका प्रहरी प्रमुख पुष्पराज थापाका अनुसार गम्भीर घाइतेको टाउकोमा चोट लागेको छ ।

शुक्रवार सुनन्त फैजाने रजा मस्जिदमा नवाज पढिरहेको बेला एक्कासि बाहिरबाट आएका अपरिचित व्यक्तिहरूको समूहले धारिलो हतियार र इँटा प्रहार गरेका थिए ।

घाइते हुनेहरूमा लमही नगरपालिका वडा नम्बर ५का ६४ वर्षीय गुठे कुरेसि, सोही वडाका ३३ वर्षीय अरसद अली, सवविर अली, ५२ वर्षीय मोहम्मद कासिम, २९ वर्षीय सकिल अली, ६५ वर्षीय दिल मोहम्मद मिया, २५ वर्षीय कमाल अली, ४२ वर्षीय मोहम्मद याक दिन अली रहेका छन् ।

घाइतेहरू मध्ये चार जनाको लमही अस्पतालमा उपचार भइरहेको छ भने अन्य चार जनाको जानकी मेडिकलमा उपचार भइरहेको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *