प्रचण्डले भने- माओवादी नफुटेको थियो भने एमाले कब्जा गर्न सक्थ्यौं (भिडिओ)

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले माओवादी नफुटेको थियो भने एमाले कब्जा गर्न सकिने बताएका छन् ।

माओवादी ध्रुवीकरण तथा एकता कार्यक्रममा बोल्दै प्रचण्डले एकतापश्चात नेकपाको दोस्रो बैठकमा एमालेको ठूलो जमातले आफूलाई नेता मानेपछि षड्यन्त्र सुरू भएको दाबी गरे ।

‘बैठकमा ८/१० जना छाडेर एमालेका सबै नेता अबको नेता प्रचण्ड हो भन्नेमा पुगे त्यसपछि ठूलो षड्यन्त्र सुरू भयो । तपाईं नै हो नेता भन्न थाले मलाई’, प्रचण्डले भने, ‘अहिले एमालेका नेता भन्छन्- केही समय छाडेको भए प्रचण्डले पार्टी खाइदिन्थ्यो नि !’

प्रचण्डले पूर्वमाओवादीहरू एक ठाउँ थिए भने एमालेसँग ४० प्रतिशत हैन ६० मै आफूहरू हुने बताए ।

‘परार एमालेसँग एकता गर्दा हामी नफुटेका थियौं भने ६०/४० हैन हामी ६० हुन्थ्यौ । समाजवादतिर लान सजिलो हुन्थ्यो ।’

एमालेका सबै नेता खराब नभएको उनको भनाइ थियो ।

‘चाबी नेतृत्वको हातमा हुन्छ त्यहाँ नेतृत्वले यति भ्रमदिएर राखेको छ । इमान्दार व्यक्तिहरूलाई बन्दी बनाइएको छ । तिनीहरूलाई हामीले साथ लिएर नेतृत्व गर्न जरुरी छ ‘, प्रचण्डले भने ।

जनयुद्धमा सबै एक ढिक्का भएर लडेको भन्दै उपलब्धीको रक्षाका लागि अब फेरि एक ठाउँ भएर पुन: भिड्ने दिन आएको प्रचण्डको भनाइ छ ।

मोहन वैद्य, बाबुराम, विल्लवतिर लक्षित गर्दै प्रचण्डले भने, ‘पार्टी विभाजन हुनु सही थिएन । पार्टी फुटाएर प्रतिक्रियावादीलाई फाइदा पुर्‍याउने मात्र काम भयो । तपाईंहरू जाँदा मलाई त्यत्रो चित्त दुखेको थिएन । तर, जो नेतृत्व गरेर जाने थिए तिनीहरूसँग मेरो रिजर्भेसन थियो । उनीहरू क्रान्तिको चरित्रका थिएनन् ।’

प्रचण्ड हुने सपना बोकेर जानेहरूलाई अहिले पार्टीमा फर्किन लाज भएको उनको भनाइ थियो ।

Comments

2 responses to “प्रचण्डले भने- माओवादी नफुटेको थियो भने एमाले कब्जा गर्न सक्थ्यौं (भिडिओ)”

  1. ksp pyl Avatar
    ksp pyl

    तिमीले विदेशीकाे दलाली गर्दा, जनयुद्वमा लुटेकाे पैसा एकाेहाेराे आफूले मात्रै खाँदा, परिवार मात्रै भनेर हेर्दा, जहिल्यै पिपलपाते कुरा गर्दा, भ्रष्टाचारी कमिशनखाेरकाे मतियार बन्दा पनि अरूले नेता मान्नुपर्ने ? तिमीदाई नेता मान्ने या त विवेकहिन हुन् या लाेभले पछि लागेका हुन् । एमाले कब्जा गर्ने त दिवा स्वप्ना हाे तिम्राे । तिमीलाई लगेकाे नेता दिन, प्रधानमन्त्री बनाउन हाे र ? पैतालामुनि राखेर शासन गर्न हाे । काँग्रसले पनि पुच्छर बनाउने हाे तिमीहरूजस्ता अनैतिकलाई त ।

  2. Nagendra Avatar
    Nagendra

    सकेको त गरेको हो नि, मदन भण्डारीको सफाया अनि ओलीलाई सदकमा पुर्याउने खेल !! त्यो सब बुझेको भएर एमाले पंक्ती सतर्क थियो, नेता माने पनि !! जब तिमीले आफ्नु बानी र औकात देखाउन थालेउ, निक्रिस्ट र दुस्टता पूर्ण चस्ल चाल्न लागेउ, एमाले सिंह थियो र उठ्यो !!
    एमाले तिमीले भने जस्तो राजनीतिलाई ‘सम्भावनाको खेल’ मान्दैन जसलाई तिमीले आफ्नु स्वार्थ सेक्ने तलुवा बनाएु !! आफ्नु स्वार्थ जहाँबाट पुरा हुन्छ उहिसँग मिलेर रोटी सेकेउ !! बिडम्बना: नेपाली युवाहरुको बलिदानी र परिवर्तन प्रतिको चाहनालाई क्याश गरेर युद्दमा होमेउ, सम्भावनाको एउटा खेल खेलेउ, तिनको जीवन र भबिस्यमा खेलेउ, अरु जे सुकै गर तर यो गल्तिको लागि तिमी उचित सजायको भागीदार हुनै पर्छ !! ढिलो वा छिट्टो !! राजनीति सम्भावनाको खेल हैन, सिद्दान्तको जगमा देशको उन्नती र जनताको जीवनमा सुधार गर्ने एउटा प्रतिबद्दता हो र त्यो अभियानको मुलबाटो हो !!

Leave a Reply

Your email address will not be published. Required fields are marked *