रामनवमीमा मांसहारी भोजन पकाएको विषयमा जेएनयुका विद्यार्थीबीच झडप, ६ जना घाइते

काठमाडौं । भारतको राजधानी दिल्लीस्थित जवारलाल नेहेरु युनिभर्सिटीका रामनवमीको दिनमा मासांहारी खाना पकाएको विषयलाई लिएर वामपंथी विद्यार्थी संगठन आइसा र हिन्दूवादी विद्यार्थी संगठन एबीभीपीका कार्यकर्ताबीच झडप भएको छ ।

भारतीय संचारमाध्यमका अनुसार युनिभर्सिटीको कावेरी होस्टलको मेसमा रामनवमीको दिन मांसहारी खाना पकाएको विषयलाई लिएर एबीभीपीका कार्यकर्ताहरुले मेसका कर्मचारीलाई गाली गलौज गर्दै कसैलाई पनि उक्त खाना नखाने आदेश दिएपछि झडप भएको हो ।

प्रहरीले जानाकारी गराएअनुसार उक्त झडपमा ६ जना विद्यार्थीहरु घाइते भएका छन् भने एबीभीपीका केही कार्यकर्ताहरुलाई प्रहरीले पक्राउसमेत गरेको छ ।

हिन्दूवादी विद्यार्थी संगठनले सम्पूर्ण आरोपहरुलाई नकार्दै रामनवमी पूजा गरिरहेको समयमा वामपंथी विद्यार्थीहरुले आफूहरुमाथि हमला गरेको बताउँदै आएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *