काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) को स्थायी कमिटीको प्रथम बैठक सुरू भएको छ । महाराजगञ्जस्थित रोयल दरबार रेस्ट्रो एन्ड भेन्यूमा बैठक जारी छ ।
बैठक चुनावलक्षित ठोस कार्ययोजनामा केन्द्रित हुने नेताहरूले बताएका छन् ।

हालै सम्पन्न केन्द्रीय कमिटीको तेस्रो बैठकबाट पारित विषयवस्तुका आधारमा स्थानीय निर्वाचनकेन्द्रित ठोस कार्ययोजना बनाएर पार्टी पंक्तिलाई टोल-टोलसम्म परिचालन गरिने एमाले प्रचार विभाग उपप्रमुख विष्णु रिजालले बताए ।
स्थायी कमिटीमा पदाधिकारीसहित ४५ जना सदस्य छन् भने चारजना पदेन सदस्य छन् ।



Leave a Reply