लुम्बिनी डेरी एशोसियसनमा नयाँ नेतृत्व

रुपन्देही । नेपाल डेरी एशोसियसन लुम्बिनी प्रदेशको दोस्रो अधिवेशनबाट अध्यक्षमा थानेश्वर न्यौपाने निर्वाचित भएका छन् ।

बुटवलमा आयोजना भएको प्रदेश अधिवेशनबाट उपाध्यक्षमा घनश्याम पौडेल, सचिवमा विजय सापकोटा, सहसचिवमा कमलप्रसाद भुषाल चुनिएका हुन् ।

यस्तै सदस्यहरुमा कृष्ण प्रसाद बस्याल, मिना कंडेल, प्रकाश देवकोटा (हरि), मानबहादुर बुढाथोकी, रविलाल पन्थ, नवराज सापकोटा, पवन भट्राई, सवित्रा भुषाल चयन भएका छन् ।

अधिवेशन उद्घाटन कार्यक्रममा राष्ट्रिय दुग्ध विकास बोर्डका कार्यकारी अधिकृत डा. राजेन्द्रप्रसाद यादव, कृषि खाद्य प्रविधि तथा भूमि व्यवस्था मन्त्रालयका पशुपंक्षी महाशाखा प्रमुख तुलसीराम भण्डारी, डेरी एशोसीयसनका केन्द्रीय पूर्वअध्यक्ष मेघराज भण्डारीलगायतले गुणस्तरीय दुग्धजन्य पदार्थ बेचबिखनमा ध्यान दिन आग्रह गरेका थिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *