मेयरमा उठ्न एसएसपी शाहले छाडे जागिर

काठमाडौं । आसन्न स्थानीय निर्वाचनमा उम्मेदवार बन्न नेपाल प्रहरीका वरिष्ठ उपरीक्षक (एसएसपी) गोविन्द शाहले राजीनामा दिएका छन् ।

स्रोतका अनुसार गत फागुन १० गते शाहले दिएको राजीनामा स्वीकृत भएको भइसकेको छ । जागिर अवधि अझै १३ महिना जति बाँकी रहँदा शाहले राजीनामा दिएका हुन् । नेपाल प्रेससँगको सम्पर्कमा आएका शाहले जागिर छाडेको स्वीकारे ।

‘ हो, मैले राजीनामा दिएको हो’, हाल गृहजिल्ला धनुषामा रहेका शाहले भने । उनले २०४९ चैतमा प्रहरी इन्सपेक्टरबाट सेवा थालेका हुन् । उनको इन्सपेक्टरका ब्याची नेपाल प्रहरीको भावी आईजीपीको लाइनमा छन् । वैशाख १८ मा उनका इन्सपेक्टर ब्याचीमध्ये एकले नेपाल प्रहरीको नेतृत्व सम्हाल्नेछन् ।

शाहले नायब महानिरिक्षक (डीआईजी) मा बढुवा हुने सम्भावना नदेखिएकाले बेलैमा राजीनामा दिएको बताए । आसन्न स्थानीय चुनावमा धनुषाको विदेह नगरपालिकामा उनले पालिका प्रमुखमा उठ्ने तयारी गरिरहेका छन् ।

शाहले चुनावको तयारीमा लागिरहेको बताए । ‘मेयरमा उठ्ने तयारी गरिरहेको छु’, शाहले भने । उनले आफू नेपाली कांग्रेसबाट उम्मेदवार बन्ने तयारी गरिरहेको पनि बताए । शाह २०७७ पुसमा एसएसपीमा बढुवा भएका थिए ।

Comments

One response to “मेयरमा उठ्न एसएसपी शाहले छाडे जागिर”

  1. Murli dhar Avatar
    Murli dhar

    दुवै समाज सेवानै हो. मेयर जस्तो पदका लागि जागिर सम्म छोड़ने मान्छे भित्र आफ़्नो समाज आफ़्नो समुदाय प्रति कतिको चाहना कतिको ठुलो ईक्षाशक्ति होला. श्री शाह जी लाई बहुतै शुभकामना.

Leave a Reply

Your email address will not be published. Required fields are marked *