पाथीभरा विकास समितिको कार्यकारी अध्यक्षमा रक्की थेबे नियुक्त

काठमाडौं । सरकारले पाथीभरा विकास समितिको कार्यकारी अध्यक्षमा ताप्लेजुङका रक्की थेबे नियुक्त भएका छन् ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आलेको प्रस्तावमा मन्त्रिपरिषद्को आइतवार साँझको बैठकले सो निर्णय गरेको हो ।

विकास समितिका अध्यक्ष पुष्प बरुवालको निधनपछि सो पद खाली थियो ।

नवनियुक्त थेबे नेकपा एकीकृत समाजवादीका जिल्ला कमिटी उपसचिव हुन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *