पर्सा । पर्साको ठोरी गाउँपालिका–३ मा आइतबार बिहान टेम्पो दुर्घटना हुँदा चालकको दुर्घटनास्थलमै मृत्यु भएको छ । टेम्पोमा सवार अन्य २ जना सामान्य घाइते भएका छन् ।
मृत्यु हुनेमा पर्साको ठोरी गाँउपालिका–४ का अन्दाजी ३५ बर्षीय बीर बहादुर विश्वकर्मा रहेका छन् । घाइते भएका ठोरी गाउँपालिका–३ का खेल बहादुर विश्वकर्मा र बिजय सुनारलाई उपचारको लागी स्थानिय मेडिकल पठाइएको छ ।
रामनगरबाट बिजयवस्ती तर्फ जादै गरेको प्रदेश २–०३–००१ह ६२८ नम्बरको टेम्पो आइतबार बिहान साढे ३ बजे आफै अनियन्त्रण भएर पल्टीएको प्रहरीले जनाएको छ ।
Leave a Reply