काठमाडौं । कुसुन्तीस्थित माछापुच्छ्रे स्कुलले राष्ट्रिय फुटबल टोलीका प्रभावशाली खेलाडी अञ्जन विष्टलाई माछापुच्छ्रे स्पोर्ट्स ब्रान्ड एम्बासडरमा नियुक्त गरेको छ ।
सो सम्बन्धी सम्झौता पत्रमा माछापुच्छ्रे अध्यक्ष डा. विनोदप्रसाद यादव र अञ्जनले शनिवार एक कार्यक्रमबीच हस्ताक्षर गरे ।
कार्यक्रममा राष्ट्रिय फुटबल टोलीका पूर्व कप्तान समेत रहेका अखिल नेपाल फुटबल संघका उपाध्यक्ष उपेन्द्रमान सिंहलगायतको उपस्थिति थियो ।
दुई वर्षका लागि अञ्जनलाई ब्रान्ड एम्बासडरमा नियुक्त गरिएको विद्यालयले जनाएको छ ।
एन्फा एकेडेमीका उत्पादन अञ्जन मनाङ मर्स्याङ्दीका कप्तान हुन् ।
अञ्जन नेपाल सुपर लिगको दोस्रो संस्करणमा सहभागी हुने नवप्रवेशी टिम झापा एफसीका मार्की खेलाडी हुन् ।

Leave a Reply