एमाले नवलपुरले थाल्यो चुनाव केन्द्रीत कार्यक्रम

कावासोती । नेकपा (एमाले) नवलपुरले स्थानीय तह चुनाव केन्द्रित कार्यक्रम थालेको छ ।

शनिवार दलदलेमा संघीय क्षेत्र नं. १ र सोही क्षेत्र अन्तरगतको प्रदेश सभा निर्वाचन नं. १ (क) र १ (ख) को बैठकबाट एमालेले चुनावी अभियान सुरु गरेको हो । यस अघि फागुन अन्तिम साता जिल्ला कमिटीको बैठक बसी वडा तह सम्म अभियान लैजान निर्देशन गरेको थियो ।

केन्द्र, प्रदेश र जिल्लाको निर्देशन अनुसार संघीय क्षेत्रीय समन्वय कमिटी र प्रदेश क्षेत्रीय समन्वय कमिटीहरूले स्थानीय तह चुनाव केन्द्रित कार्यक्रमलाई मतदाता सम्म लैजाने एमाले जिल्ला कमिटी सदस्य विद्रोही गिरीले बताए । उनले भने, ‘पालिका तथा वडा स्तरमा निर्वाचन परिचालन कमिटी गठन गरेर चुनावमा पार्टीका सबै संयन्त्र परिचालन गर्छौ ।’

जिल्ला अध्यक्ष मुक्तिराम पाण्डेले कार्यकर्ता प्रशिक्षित गर्दै चुनावमा खटाउने बताए ।

उनले भने, ‘घडिका सुई कतै मोटो कतै सानो हुन्छ तर बाह्र बज्ने बेलामा सबै एकै ठाउँमा हुन्छन् अहिले एमालेका भावना स्थानीय चुनावमा बाह्र बज्दा घडिको सुई जस्तै एक ठाउँमा हुनुपर्छ ।’

बैठकमा एमालेका केन्द्रीय सदस्यत्रय तिलक महत, रवीन्द्र अधिकारी कृष्ण पौडेल लगायतको सहभागिता रहेको थियो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *