काठमाडौं । ट्राफिक प्रहरीले काठमाडौंका सडकमा होलीलक्षित सवारी चेकजाँच बढाएको छ । होलीमा हुनसक्ने दुर्घटना न्यूनीकरण गर्न सवारी चेकजाँच बढाएको ट्राफिक प्रहरीले जनाएको छ ।

होलीमा मादक पदार्थ सेवन गरी सवारी साधन चलाउने सम्भावना धेरै हुने भएकाले ट्राफिक प्रहरीले चेकजाँचमा कडाइ गरेको हो ।

विगतका वर्षहरुमा होली मनाउने सिलसिलामा धेरै दुर्घटना हुने गरेको थियो ।

प्रहरी प्रशासनले सतर्ककता अपनाएर होली खेल्न सबैलाई आग्रह गरेको छ ।


Leave a Reply