श्रीलंकाबाट टेस्ट र एकदिवशीय खेलेका खेलाडीसँग खेल्दै नेपाली टोली

काठमाडौं । विश्वकप लिग -२ क्रिकेटअन्तर्गत आसन्न त्रिकोणात्मक एकदिवशीय अन्तर्राष्ट्रिय शृंखलाको तयारीका लागि श्रीलंकामा रहेको नेपाली टोलीले अन्तिम अभ्यास खेलमा अहिले श्रीलंका कम्बाइन-११ सँग प्रतिस्पर्धा गर्दैछ।

श्रीलंकन टोलीमा अधिकांश टेस्ट र एकदिवशीय अन्तर्राष्ट्रिय खेलिसकेका खेलाडीहरु छन्। थिसारा परेरा, उपुल थारंगा, चामरा सिल्भा, धाम्मिका प्रसाद, सिक्कुज प्रसन्ना, दिलरुवान परेरालगायत खेलाडी छन्। अधिकांश सन्याश लिइसकेका खेलाडी छन्।

नेपाली टोलीमा सन्दीप लामिछाने, दीपेन्द्रसिंह ऐरी, ज्ञानेन्द्र मल्ल, कुशल भुर्तेल, आसिफ शेख, विनोद भण्डारी, सागर ढकाल, रोहित पौडेल, आरिफ शेख, विक्रम सोब र सागर ढकाल रहेका छन्। पहिला ब्याटिङ गरिरहेको श्रीलंका कम्बाइन ११ ले ५ ओभरको समाप्तीमा विकेट नगुमाई ३२ रन जोडेको छ।

यसअघि खेलेका तीनवटै अभ्यास खेलमा नेपालले श्रीलंकामा प्रथम श्रेणीको क्रिकेट खेलिरहेका टोलीमाथी फराकिलो जित हात पारेको थियो। नेपालले यूएईमा पपुआ न्युगिनीसमेत सम्मिलित त्रिकोणात्मक एकदिवशीय अन्तर्राष्ट्रिय शृंखला खेल्दै छ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *