कास्कीमा मजदुरको हत्या गरि फरार रहेका व्यक्ति १५ वर्षपछि बहराइनमा पक्राउ

काठमाडौं । कास्कीमा एक मजदुरको हत्या गरेको आरोप लागेका व्यक्ति १५ वर्षपछि बहराइनमा पक्राउ परेका छन्।

इन्टरपोलको सहयोगमा पक्राउ परेका कास्कीको लेखनाथ सातमुहानेका ४६ अशोक गुरुङलाई मंगलबार नेपाल ल्याइएको छ।

२०६३ साल बैशाख २९ गते कास्की लेखनाथमा मजदुरी काम गरी बस्ने धरानका २० वर्षीय रोजन राईको कुटपिटबाट सख्त घाइते भएका उनको उपचारका क्रममा मृत्यु भएको थियो। घटनापछि गुरुङ वैदेशिक रोजगारीका लागि बहराइन पुगेका थिए।
उनलाई आवश्यक अनुसन्धानका लागि कास्की प्रहरीको जिम्मा लगाइने प्रहरी प्रधान कार्यालयले जनाएको छ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *