पल शाह प्रकरणमा बाबुरामको टिप्पणीः ‘मर्दकी दशवटी’ मानसिकता बोकेर पीडकको पक्ष लिनु लज्जास्पद

काठमाडौं । जबरजस्ती करणी आरोपमा नायक पल शाह पक्राउ गरेको घटनाले देशका सबै क्षेत्रको ध्यान खिच्न थालेको छ । राजनीतिक वृत्तबाट पहिलो टिप्पणी पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले गरेका छन् ।

सामाजिक सञ्जालमा सक्रिय नेता डा. भट्टराईले ट्विटरमार्फत् आफ्नो धारणा राखेका हुन् । उनको सहानुभूति नाबालिग गायिकाप्रति छ ।

डा. भट्टरार्ईले लेखेका छन्, ‘नाबालिग किशोरीको यौनशोषणसम्बन्धी अतिसंवेदनशील मुद्दामा पहिलो दृष्टिमै पीडितप्रति सहानुभूति–समर्थन हुनुपर्नेमा सामन्ती पितृसत्तात्मक ‘मर्दकी दशवटी’ मानसिकता बोकेर पीडकको पक्ष लिनु लज्जास्पद कुरा हो ।’

उनले लोकतन्त्रमा न्यायिक फैसला सबैले मान्नुपर्ने भन्दै सुरुमै न्याय प्रभावित हुनु नहुनेमा जोड दिएका छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *