बालकोट बैठक : लोकतन्त्रका लागि लडेका शक्तिहरु सँगै उभिनुपर्नेमा दुबै दल सकारात्मक

काठमाडौं । नेपाली कांग्रेस र नेकपा एमालेबीच आज बालकोटमा भएको बैठक कुनै टुंगोमा नपुगेको नेताहरुले बताएका छन् । बैठकमा लोकतन्त्रका लागि लडेका शक्तिहरु आधारभूत समझदारी गरेर अघि बढ्नुपर्नेमा छलफल भएको थियो ।

प्रधानमन्त्रीले एमसीसी पारित गर्नुपर्ने तथा एमालेले पार्टीका १४ सांसदलाई कारवाही गर्नुपर्ने अडान दोहोर्याएका थिए ।

बैठकपछि निस्कदै सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले एमाले अध्यक्ष कांग्रेस र एमाले लोकतन्त्रको यात्राका सहयात्री भएकाले एक ठाउँमा रहनुपर्नेमा एमाले अध्यक्ष ओलीले जोड दिएको बताए ।

‘समुन्नत लोकतन्त्रलाई अगाडि बढाउने हो भने वृहत छलफल जरुरी छ । हाम्रो भेटघाटको क्रम जारी रहन्छ,’ उनले भने ।

एमालेका उपमहासचिव प्रदिप ज्ञवालीले प्रधानमन्त्री शेरबहादुर देउवाले अलिकति फराकिलो ढंगले लोकतन्त्रका लागि लडेका शक्ति मिल्नुपर्ने संकेत गरेको बताए । तर कांग्रेसबाट सहमतिका लागि कुनै ठोस प्रस्ताव नआएको उनको भनाइ छ ।

‘आज ठोस प्रस्ताव आएन । अर्को वैठकमा आउँछ कि रु’ ज्ञवालीले भने ।

उनले सत्तासमिकरणमा आफ्नो पार्टीको रुची नरहेको र यो विषयमा छलफल पनि नभएको दावी गरे ।

Comments

One response to “बालकोट बैठक : लोकतन्त्रका लागि लडेका शक्तिहरु सँगै उभिनुपर्नेमा दुबै दल सकारात्मक”

  1. shojhoketo Avatar

    कति ल्याङ ल्याङ गरेको हो यो एमालेले पनि !!!! बर्तमान गठबन्धन भत्काउने मौका पाएकोमा खुरुक्क भत्काएर बांकी कुरा पछि मिलांउदै गरे भै गो नि ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *