‘ए’ डिभिजन लिग : अन्तिम खेलमा फ्रेन्ड्स र शेर्पाले अंक बाँडे

काठमाडौं । हिमालयन शेर्पा क्लब र फ्रेन्ड्स क्लबले सहिद स्मारक ‘ए’ डिभिजन लिगको अन्तिम खेलमा १–१ गोलको बराबरी खेल्दै अंक बाढेका छन्।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बिहीबार भएको खेलको दोस्रो हाफमा दुबै टोलीले १–१ गोल गर्दै बराबरी खेलेका हुन् ।

शेर्पाका विश्वास उराउले अत्माघाती गोल गर्दा फ्रेन्ड्सले अग्रता लिएको थियो । बिसोन गुरुङले ८९औं मिनेटमा गोल गर्दै शेर्पाको हार टारेका थिए ।

बराबरीसँगै फ्रेन्ड्सले १२औं स्थानमा रहेर लिग टुंगाएको छ । १३ खेलबाट ११ अंक बनाएको फ्रेन्ड्स एक खेल अघि रेलिगेशन जोनबाट बचेको थियो ।

यस्तै, शेर्पा भने १३ खेलबाट १४ अंक सहित नवौं स्थानमा छ । शेर्पाको स्थान टुंगो लागेको छैन । नेपाल पुलिसको खेल पछि शेर्पा र पुलिस दुबैको स्थान पक्का हुनेछ ।

आज नै सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा सातदोबाटो युथ क्लबले च्यासल युथ क्लबलाई १–० गोलको नतिजामा पराजित गर्यो ।

यस सिजनको लिग मछिन्द्र फुटबल क्लबले जितिसकेको छ भने ब्रिगेड ब्वाईज क्लब (बीबीसी) र च्यासल युथ क्लब दोस्रो डिभिजनमा घटुवा भएका छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *