एमालेबाट निर्वाचित वडाध्यक्षसहित डोटीका दजर्नौ नेता कार्यकर्ता नेकपा एसमा प्रवेश

काठमाडौं । डोटीमा नेकपा एमालेबाट निर्वाचित वडा अध्यक्षसहित दर्जनौ नेता कार्यकर्ता नेकपा एसमा प्रवेश गरेका छन् ।

नेकपा एसका अध्यक्ष माधव नेपालले डाेटीको सायल गाउँपालिका-४ का अध्यक्ष टेकबहादुर सिंह, पालिका सचिव मनोज देउवा, उप-सचिव गणेश बिठाडीलाई स्वागत गरेका हुन् ।

यस्तै नेविसंघ डोटीका हेमन्त मन्नी र केदार गाउँपालिका ३ का वडा अध्यक्ष भिम बहादुर विष्टलाई पनि नेकपा एसमा प्रवेश गरेका छन् ।

प्रवेश कार्यक्रममा नेकपा एसका प्रमुख सचेतक जीवनराम श्रेष्ठ, पाेलिटब्यूरो सदस्य प्रेमबहादुर आले, पार्टी सचिव रामकुमारी झाँक्री,  जिल्ला कमिटी डाेटी उपाध्यक्ष महेन्द्र थापा तथा उपसचिव भक्तबहादुर साउदकाे उपस्थिति थियो ।

Comments

One response to “एमालेबाट निर्वाचित वडाध्यक्षसहित डोटीका दजर्नौ नेता कार्यकर्ता नेकपा एसमा प्रवेश”

  1. ksp pyl Avatar
    ksp pyl

    अब पनि सकिन लागेकाे एसमा प्रवेश गर्नु भनेकाे आफ्नाे राजनीति सिध्याउनु हाे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *