संविधानको गलत ब्याख्या गरेर हामीलाई हटाएपछि समृद्ध नेपालको अभियान अवरुद्ध भयो: ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले संवैधानिक प्रबन्धको गलत व्याख्याद्धारा आफूलाई सरकारबाट बाहिर पुर्याएपछि समृद्ध नेपाल र सुखी नेपाली बनाउने अभियान अवरुद्ध हुन पुगेको बताएका छन् ।

७२ औं राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा जारी गरेको शुभकामना सन्देशमा एमाले अध्यक्ष ओलीले आफ्नो नेतृत्वको सरकारले समृद्ध नेपालको आकांक्षा पूरा गर्न आफ्ना हरेक क्षण,सम्भावना र सामथ्र्यको सदुपयोग गरेको स्मरण गरेका छन्।

ओलीले एमालेलाई गलत संवैधानिक व्याख्याबाट सरकार बाहिर लगिए पनि पुनः समृद्ध नेपाल सुखी नेपालीको राष्ट्रिय आकांक्षा पूरा गर्ने अभियान अझ सबल रुपमा अघि बढाउने बताएका छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *