स्याङ्जा । ज्यान मार्ने र चोरी मुद्दामा ५ वर्ष कैद सजाय सुनाइएका फरार व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा आँधिखोला गाउँपालिका–५ बस्ने ५० वर्षीय शंकर सुवेदी हुन् ।
उनलाई घटना भएको २० वर्षपछि बुधबार जिल्ला प्रहरी कार्यालय स्याङ्जाबाट पक्राउ गरिएको हो ।
शंकरले सोही स्थानमा बस्ने बल बहादुर बोगटीलाई २०५३ वैशाख २ गते बियरको बोतलले टाउकोमा हानेर पैसा चोरेका थिए ।
उनलाई ज्यान मार्ने उद्योग मुद्दामा पुनराबेदन अदालत पोखराको २०५८ वैशाख २ गतेको फैसलाले ५ वर्ष कैद सजाय तोकेको थियो ।
उनलाई अदालतको आदेशले कैद भुक्तानको लागि जिल्ला कारागार स्याङ्जा पठाइएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ ।

Leave a Reply