काठमाडौं । सेयर बजार आज पनि घटेको छ । ११.९६ अंकले सेयर बजार घटेको हो । ०.४३ प्रतिशतले बजार घट्दा नेप्से परिसूचक २८०१.५६ अंकमा झरेको छ ।
साताको अन्तिम दिन आज ३ अर्ब ८२ करोड ९५ लाख ३३ हजार ३ सय ५० रुपैयाँको सेयर कारोबार भएको छ । २ सय २७ वटा कम्पनीका ६९ लाख ५० हजार ८ सय ३८ कित्ता सेयर खरिदबिक्री भएको छ ।
आज सबैभन्दा धेरै नेपाल दूरसञ्चार कम्पनीको सेयर कारोबार भएको छ । सो कम्पनीको २५ करोड ४८ लाख ३९ हजार ५ सय रुपैयाँको सेयर कारोबार भएको हो ।

Leave a Reply