चीनले नेपाली सीमा मिचेको सरकारी प्रतिवेदन बीबीसीद्वारा खुलासा

काठमाडाैं ।  चीनले नेपाली सीमा मिचेको नेपाल सरकारको प्रतिवेदन अन्तर्राष्ट्रिय सन्चारमाध्यम बीबीसीले सार्वजनिक गरेको छ । चीनको तर्फबाट नेपाली सीमामा हस्तक्षेपभएको पहिलोपल्ट आधिकारिक दावी गरिएको हो ।

बीबीसीमा मिचेल ब्रिस्टोले लेखेको समाचारअनुसार पश्चिम नेपालको हुम्लामा चीनले नेपाली भूमि मिचेको प्रमाणसहितको प्रतिवेदन सेप्टेम्बर महिनाको अन्तिममा सरकारलाई बुझाइएको छ ।

काठमाडौंस्थित चिनियाँ दूतावासले सीमा मिचेको आरोपको खण्डन गरेको छ । बीबीसीको जिज्ञाशामा नेपाल सरकारको तर्फबाट कुनै प्रतिक्रिया नआएको पनि समाचारमा उल्लेख गरिएको छ ।

यो प्रतिवेदन अहिलेसम्म गोप्य राखिनुको कारण थाहा नभएको बीबीसीले लेखेको छ । तर नेपाल सरकारले पछिल्ला वर्षहरुमा चीनसँगको सम्बन्ध सुधार गरेको छ । किनभने भारसँगको एकल निर्भरता तोडेर दुवै छिमेकीसँग सन्तुलित सम्बन्ध राख्ने प्रयास गरिरहेको छ ।

Comments

One response to “चीनले नेपाली सीमा मिचेको सरकारी प्रतिवेदन बीबीसीद्वारा खुलासा”

  1. Tej Avatar
    Tej

    Tetro budjet ko hissa madhya kehi kade tar ra no men’s land banae surakxhya garna nasakne sarkarle baru sidhai deslai chiniya pranta banauna laye hunxa anawasyak kar ta tirnu pardaina sasto ma saman ta kinna paenxa

Leave a Reply

Your email address will not be published. Required fields are marked *