संसदीय समितिमा माधव नेपालको प्रस्ताव- असान्दर्भिक गोर्खा भर्ती बन्द गरौं

काठमाडौ । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले गोर्खा भर्ती असान्दर्भिक भएको उल्लेख गर्दै तत्काल बन्द गर्नुपर्ने बताएका छन् । संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध समितिमा बोल्दै नेता नेपालले बेलायतसँगको विगतका सम्झौता असान्दर्भिक भएको बताए ।

‘विगतमा भएका सन्धि सम्झौता पुराना र असान्दर्भिक भइसके । अब नयाँ सम्झौतामा जानुपर्छ । प्रत्येक मुलुकसँग नयाँ सम्झौता हुनुपर्छ’, उनले भने, ूअसान्दर्भिक भैसकेको सम्झौतामा रहेर गोर्खा भर्ती गर्नु उचित होइन ।’

भूतपूर्व गोर्खा सैनिकको समस्यालाई चाँडै टुंगोमा लैजान सरकारले काम गर्नुपर्ने उनको भनाइ छ । उनले गोर्खा भर्तीबारे मुलुकको साझा धारणा बन्नुपर्ने बताए । ‘तर हामीभित्रको संकीर्णताले काम हुन सकेको छैन’, उनले भने ।

समिति सदस्य दिव्यमणि राजभण्डारीले भारतमा बेलायती उपनिवेश कालमा गरेको सम्झौताको औचित्य सकिएको बताउँदै यो प्रणालीको अन्त्य हुनुपर्ने बताए । ‘भारत र बेलायतसँगको सम्झौता समयसापेक्ष छैन’, उनले भने ।

समिति सदस्य तथा एमाले नेता भीम रावलले भूतपूर्व गोर्खा सैनिकको समस्या समाधानमा काम हुन नसेकेको र सरकारले खुट्टा कमाएको आरोप लगाए । यसबारे परराष्ट्रमन्त्रीले समितिमा आएर जवाफ दिनुपर्ने रावलको भनाइ छ ।

नेपालले तत्काल उच्चस्तरीय समिति बनाएर बेलायतसँग वार्ता गर्नुपर्ने उनको भनाइ छ । यसबारे परराष्ट्रमन्त्रीलाई चिठी लेख्नुपर्ने उनको भनाइ छ ।

Comments

3 responses to “संसदीय समितिमा माधव नेपालको प्रस्ताव- असान्दर्भिक गोर्खा भर्ती बन्द गरौं”

  1. yam gurung Avatar
    yam gurung

    200 barsa pachhi balla,makune jage chha hai.
    Plan B berojgari ko ke chha???…

  2. पुष्प कुमार राई Avatar
    पुष्प कुमार राई

    बेलायतलाई आफ्नो अस्तित्व बचाई राख्न आवश्यक भएकोले फौजमा गोर्खा राख्नु अति आवश्यक छ। त्यतिकै आवश्यक नेपाली जवानहरुको लागि जिविकापार्जन र भविष्य उजागर गर्नु पनि हो। यद्सिले मध्य मार्ग चुनेर, साँप पनि मार्ने लौरो पनि नभाँचिने उपाय निकाल्नु नै बुद्धिमता हो। सयौं शालदेखि चलि आएको सांस्कृतिक प्रथालाई आवेशमा आएर टुक्राईहाल्नु नासमझ्ता मात्र हो। देश हाँक्ने जिम्मेवारी बोकेका नेताहरुको नासमझले नै हो विकृति निम्ताएको। सबै परिपेक्ष्यलाई मनन गरि विकृति होइन तर सुल्झाउने र सम्हाल्ने प्रवृति अप्नाएर अघि बढनु आवश्यक छ। देशको इज्जत पनि रहोस अनि भएइढ्यमा अरु विकृति पनि पैदा नहोस। जय नेपाल!!! आयो गोर्खाली, झुक्दैन पुर्खाली!!!!!!

  3. होम Avatar
    होम

    गोर्खा भर्तिको ओैचित्य समाप्त भैसक्यो उपानिवेसकालमा गरेको सम्झरूता खारेज गरि नयाँ सम्झौता षर्नुपर्छ। किनभने बृटिशले गोर्खालाई समान ब्यबाहर नगरि भाडाको सिपाहि सरह ब्यबाशर गर्नुले नेपालको सार्वभौम राष्ठ्रको सम्मान र प्रतिष्ठामा ठेस लागेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *