‘विवादित भूमि’मा चीनले पुल निर्माण गरेपछि भारत र चीनबीच पुनः तनाव सिर्जना

श्रीनगर । चीनले भारत प्रशासित कश्मीरस्थित लद्दाखको सीमावर्ती क्षेत्रको प्याङ्गोङ तालमा पुल निर्माण गरिरहेको छ, जसले भारतमा नयाँ सुरक्षा चिन्ता बढाएको छ। दुई आणविक शक्ति सम्पन्न यी दुई मुलुकबीचको सीमा रेखाको वास्तविक नियन्त्रण (एलएसी) नजिक चीनले ४०० मिटर लामो र ८ मिटर चौडा पुल निर्माण गरिरहेको भारतीय संचारमाध्यमले जनाएका छन् ।

भारतको विदेश मन्त्रालयले उक्त पुल “करीब ६० वर्षदेखि चीनको अवैध कब्जामा रहेको” क्षेत्रमा निर्माण भइरहेको र भारत सरकारले निर्माण गतिविधिलाई “नजीकबाट निगरानी” गरिरहेको जनाएको छ । मन्त्रालयका प्रवक्ता अरिन्दम बागचीले आयोजित पत्रकार सम्मेलनमा कुरा गर्दै सरकारले भारतीय भूमि पूर्णरुपमा सुरक्षित रहेको सुनिश्चित गर्न आवश्यक सबै कदम चालिरहेको बताए ।

अप्रिल २०२० देखि एलएसी अन्तर्गत पर्ने लद्दाख क्षेत्रमा चीन र भारतीय सेनाबीच कैंयनपटक झडपका घटना समेत भएका छन् । दुबै पक्षले अर्कोलाई सीमामा घुसपैठ गरेको आरोप लगाउने गरेका छन् । सोही वर्षको जुन महिनामा लद्दाखको गलवान उपत्यकामा दुबै पक्षका सैनिकबीच ढुङ्गाहरू हानाहान गर्दै भएको लडाइमा २० भारतीय र चार चिनियाँ सैनिक मारिएका थिए ।यो घटनापछि सीमाका दुबै छेउमा दुबै मुलुकले भारी मात्रामा सेना परिचालन गरे । विवाद समाधानमा धेरै चरणको वार्ता भएपनि समाधान चाहिँ हुनसकेको छैन ।

भारतीय सञ्चारमाध्यमका अनुसार सन् २०२१ मा भारतको बोर्डर रोड अर्गनाइजेसनले १०० भन्दा बढी परियोजनाहरू पूरा गरिसकेको छ जसमध्ये अधिकांश परियोजना चीनसँगको सिमाना नजिक छन्। चीनले पुल निर्माण गर्नु भारतका लागि ठूलो चिन्ताको विषय भएको सुरक्षा विज्ञहरू बताउँछन्।

‘चिनियाँहरू सीमा क्षेत्रमा पूर्वाधार निर्माणमा धेरै सक्रिय छन् र पुल निर्माण त्यसको एउटा उदाहरण मात्र हो’ नयाँ दिल्लीस्थित सुरक्षा विज्ञ अजय शुक्लाले अल जजीरालाई भने, ‘यो पुल एलएसीमा रहेको चिनियाँ पूर्वाधारको एक हिस्सा हो । जसबाट उनीहरु राम्रोसँग सार्न सकून्, छिट्टै अघि बढ्न सकून र छिटो आफ्नो सेना तैनाथ गर्न सकून् ।’

‘यो सीमा व्यवस्थापनको एक चिनियाँ तरिका हो’ उनले भने। शुक्लाका अनुसार चिनियाँहर्रू छिटो सैनिक तैनाथ गर्न सक्षम छन् जबकि भारतले यो गर्न धेरै समय लिन्छ । तर, बेइजिङले सैन्य उद्देश्यले पुलको निर्माण नभएको बताएको छ भने यसलाई उसले भारतीय गलत ब्याख्या भएको बताउने गरेको छ ।

Comments

One response to “‘विवादित भूमि’मा चीनले पुल निर्माण गरेपछि भारत र चीनबीच पुनः तनाव सिर्जना”

  1. ksp pyl Avatar
    ksp pyl

    पुल चीनले ६० वर्षदेखि आफ्नाे नियन्त्रणमा रहेकाे क्षेत्रमा बनाएकाे हाे । किन अहिले भारतले कुरा उठायाे भन्दा त्याहाँ चुनाव आउँदैछ । त्याे चुनावमा माेदिकाे विकासकाे हावादारी हल्लाले काम नगर्ने भएपछि चीन पाकिस्तानसँग विवाद झिकेर राष्ट्रवाद घन्काएर जितिन्छ कि भन्ने झिनाे आसा बाेकेकाे छ माेदिले । छिमेकीलाई पेल्ने विस्तारवादी हाे माेदि ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *