काठमाडौ । सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले आफ्नै कामको समिक्षा गर्न प्रमुख प्रतिपक्षी दलका नेता एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई सुझाव दिएका छन् ।
बालुवाटारमा पत्रकारहरुसँग कुराकानी गर्दै मन्त्री कार्कीले ओलीले जारी गरेको लामो वक्तव्य आफूले पढ्न नभ्याएको भन्दै आफू प्रधानमन्त्री हुँदाको ३ वर्षको समिक्षा गर्न सुझाव दिएका हुन् ।
‘मैले उहाँको लामो वक्तव्य पढ्न पाएको छैन । उहाँ प्रधानमन्त्रीका रुपमा ३ वर्ष हुँदा मुलुकलाई कुन दिशातर्फ अग्रसर गराउनुभयो रु त्यसको समिक्षा अबको निर्वाचनमा जनताले गर्नेछन् । उहाँको सरकार असफल भएकैले यो सरकार बनेको हो । यो सरकारले जनतामा आशा बढाएको छ ’, कार्कीले भने ।
सरकारले निर्वाचन सार्ने कुनै कुरा नगरेको भन्दै मन्त्री कार्कीले सबै निर्वाचन संविधानको व्यवस्था अनुसार नै हुने बताए ।

Leave a Reply