अब यी व्यक्ति मात्र भिजिट भिषामा खाडी र मलेसिया जान पाउने

काठमाडौ‌ । गृह मन्त्रालयले भिजिट भिषामा खाडी र मलेसिया जान रोक लगाउने निर्णय केही ‌संशोधन गरेको छ।

आइतबार मन्त्रालयद्वारा जारी विज्ञप्तीअनुसार सरकारी कामको सिलसिलामा जानुपर्ने सरकारी प्रतिनिधिहरु, अन्तरर्राष्ट्रिय कारोबार गर्ने बैंक तथा वित्तिय संस्थाका प्रतिनिधिहरु एवम् अन्तरर्राष्ट्रिय गैह्र सरकारी संस्थाका प्रतिनिधीहरु भिजिट भिषामा जान सक्नेछन् ।

यसैगरि नेपालमा सामान आयात-निर्यात गर्ने व्यवसायिक संस्थाका प्रतिनिधी र खाडी राष्ट्रबाहेक अन्य दुई देशको पर्यटक भिषामा भ्रमण गरिसकेकाले पनि भिजिट भिषामा जान सक्नेछन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *