राष्ट्र बैंकले भन्यो – क्रिप्टोकरेन्सीको कारोबार नेपालमा अवैध

काठमाडौं । नेपाल राष्ट्र बैंकले क्रिप्टोकरेन्सीको कारोबार नेपालमा अवैध भएकाले त्यसमा संलग्न भए दण्डनीय हुने स्पष्ट पारेको छ ।

क्रिप्टोकरेन्सीको कारोबारमा संलग्न भएको आरोपमा प्रहरीले पक्राउ गरिरहेका बेला परिरहेका बेला राष्ट्र बैंकले आइतबार एक विज्ञप्ती जारी गर्दै नेपालमा विदेशी विनिमय वा मुद्राको रुपमा क्रिप्टोकरेन्सीले मान्यता नपाएको स्पष्ट पारेको छ ।

छोटो समयमा धेरै पैसा कमाउने आशामा क्रिप्टोकरेन्सीको कारोबारमा संलग्न हुने र संलग्न गराउने गरेको पाइएको भन्दै राष्ट्र बैंकले भनेको छ, ‘उपर्युक्त किसिमका गैरकानूनी वित्तिय औजारमा आवद्ध भई कारोबार गर्दा सर्वसाधारण ठगिने, अवैधानिक तरिकाले रकम बाहिरिई स्वदेशी पुँजी पलायन हुन्छ।’

यो पनि पढ्नुहोस्ः क्रिप्टोको पासोमा कसिँदै नेपाल– कसरी जोगाउने जनता र अर्थतन्त्र ?

राष्ट्र बैंकले नेपालमा बस्ने नेपाली र विदेशी तथा विदेशमा बस्ने नेपालीलाई यस किसिमका कारोबारमा संलग्न नहुन र नगराउन निर्देशन दिइएको छ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *