विश्वकप छनोट खेल्ने क्रिकेट टोलीको घोषणा, सोमपाल र विनोद परेनन्

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले आईसीसी ट्वान्टी-२० विश्वकप ग्लोबल क्वालिफायरका लागि १६ सदस्यीय राष्ट्रिय क्रिकेट टोलीको घोषणा गरेको छ ।

मुख्य प्रशिक्षक पुवुदु दाशानायकेको सिफारिसमा घोषणा गरिएको टिममा नियमित सदस्यहरु विनोद भण्डारी र सोमपाल कामी परेका छैनन् । सोमपाल चोटग्रस्त छन् । सोमपालको स्थानमा जितेन्द्र मुखियालाई राखिएको छ ।

विवेक यादव र लोकेश बम पहिलोपल्ट राष्ट्रिय टोलीमा परेका छन् । उनीहरु यू–१९ राष्ट्रिय टोलीका खेलाडी हुन् ।

हिजो सम्पन्न प्रधानमन्त्री कप ट्वान्टी–२० राष्ट्रिय क्रिकेट प्रतियोगिताको प्रदर्शनका आधारमा लोकेश बम सिधै राष्ट्रिय टोलीमा परेका हुन् । उनी यसअघि घोषणा भएको ३० सदस्यीय प्रारम्भिक टोलीमा परेका थिएनन् ।

विश्वकप छनोटअन्तर्गत समूह एको प्रतियोगिता फेब्रुअरी १७ देखि २४ तारिखसम्म ओमानमा हुँदै छ। उक्त समूहमा ८ टोली छन् भने शीर्ष दुई टोली विश्वकपका लागि छनोट हुनेछन्।

नेपाली टोलीः सन्दीप लामिछाने, कुशल भुर्तेल, आसिफ शेख, दिपेन्द्र सिंह ऐरी, ज्ञानेन्द्र मल्ल, शरद भेषावकर, आरिफ शेख, कराण केसी, जितेन्द्र मुखिया, अबिनाश बोहरा, साहव आलम, कुशल मल्ल, कमल सिंह ऐरी, विवेक यादव, प्रदिप एरी, लोकेश बम

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *