पत्रकार महासंघका अध्यक्षले माफी मागे, छानबिन समिति बनाइने

कपिलवस्तु । मिडिया अवार्डमा मुछिएपछि नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोखरेलले माफी मागेका छन् । छानबिन समिति गठन गर्ने उनको प्रतिबद्धतापछि केन्द्रीय समिति बैठक सुरू भएको छ ।

अध्यक्ष पोखरेल नै मिडिया अवार्डका नाममा ठगी धन्दामा संलग्न रहेको विषय छानबिन हुनुपर्ने माग उठेपछि कपिलस्तुमा आज सुरु भएको महासंघ बैठक अवरुद्ध भएको थियो ।

बैठक सुरु हुनासाथ महासंघका केन्द्रीय सदस्यहरुले मिडिया अवार्डका नाममा महासचिवको हस्ताक्षर दुरुपयोग, अध्यक्षले विभिन्न ठाउँमा फोन गरेर पैसा मागेको तथा विवादित कार्यक्रममा गएर अध्यक्षले संस्थागत मान्यता दिएको घटनाको छानबिन हुनुपर्ने बताएका थिए ।

अध्यक्ष नै ठगी धन्दामा संलग्न रहेको भनेर आरोप आइसकेपछि उनको अध्यक्षतामा बैठक बस्न नसक्ने अडान राख्दै प्रेस सेन्टर र समाजवादी प्रेस संगठनबाट निर्वाचित केन्द्रीय सदस्यहरूले बैठक बहिष्कार गरेका थिए ।

सदस्यहरूले बैठक बहिष्कार गरेका थिए । अध्यक्ष पोखरेलले माफी मागेको र छानबिन समिति बनाउने प्रतिबद्धता जनाएपछि बैठक सुरू भएको एक केन्द्रीय सदस्यले बताए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *