पर्यटनमन्त्री आले चढेको गाडी दुर्घटनामा : कारले दियो ठक्कर

पर्यटनमन्त्री प्रेम आले चढेको गाडी आज बेलुका धनगढीमा दुर्घटनामा परेको छ। सु.प. प्रदेश ०१–००१ झ ३३३ नम्बरको गाडी धनगढी विमानस्थलनजिक दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।

मन्त्रीको गाडीलाई बा४च १३७७ नम्बरको कारले ठक्कर दिएको कैलालीका प्रहरी उपरीक्षक विश्व अधिकारीले जानकारी दिए। एयरपोर्टबाट बाहिरिने क्रममा निजी कारले मन्त्री आले चढेको गाडीमा राति ८ः२० बजे ठक्कर दिएको जनाइएको छ ।

उक्त सडक दुर्घटनामा मन्त्री आलेसहित सबैजना सकुशल रहेको प्रहरीले जनाएको छ । मन्त्री आले अर्को गाढीमा चढेर कञ्चनपुर पुगेका छन् । प्रहरीले कार चालक पवन कडायतलाई नियन्त्रणमा लिएर अनुसन्धान थालेको छ। मन्त्रीको गाडीमा केही क्षति पुगेको जनाइएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *