विवादमा आएपछि बतासको साइट हेर्न नमिल्ने बनाइयो, आरजुको संलग्नता पुष्टी

काठमाडौं । प्रधानमन्त्री पत्नी तथा कांग्रेस केन्द्रीय सदस्य डा. आरजु राणा देउवाले आफू बतास समूहसँग आबद्ध नरहेको भने पनि उनी सो व्यापारिक घरानाको सल्लाहकार रहेको पुष्टि भएको छ ।

बतास समूह पछिल्लो पटक विवादमा आएपछि आरजु सल्लाहकार रहेको बतास फाउण्डेशनको आधिकारिक वेभसाइट नै हेर्न नमिल्नेगरि बन्द गरिएको छ ।

बतास फाण्डेशनको https://batasfoundation.org/ तत्काल हेर्न नमिल्ने बनाइए पनि सो साइटको अर्काइभमा उनीसहित सल्लाहकार टिमको नाम देख्न सकिन्छ ।

यो पनि पढ्नुहोस्ः आरजुको दावी : म ६ वटा संस्थामा छु, बतासमा छैन

बतास समूह विवादमा आएपछि अहिले सो पेज प्राइभेट गर्दै सार्वजनिक रुपमा हेर्न नमिल्ने बनाइएको हो । सो समूहका सल्लाहकार बोर्डमा च्यारिस वार्डल,डा. आरजु राणा देउवा, डा. सुमन के कर्ण, खेमराज उपाध्यायको नाम छ ।

हेर्नुस अर्काइभ

अर्काइभ साइट यहाँबाट हेर्न सकिन्छ ।

बतास समूह निकट स्रोतका अनुसार आरजु सल्लाहकारमात्र होइन सो व्यापारिक समूहको व्यवसायिक साझेदार पनि हुन् । गाडीका पार्टपुर्जा र क्रसर लगायतका व्यवसायमा उनको पनि हिस्सेदारी छ ।

आरजुले भने विहीवार फेसबुकमा स्टाटस लेख्दै आफू सल्लाहकार रहेका र आबद्ध भएका संस्थाहरुमा बतास नभएको बताएकी छन् ।

 

Comments

4 responses to “विवादमा आएपछि बतासको साइट हेर्न नमिल्ने बनाइयो, आरजुको संलग्नता पुष्टी”

  1. अर्जुन थापा Avatar
    अर्जुन थापा

    शक्तिको आडमा किन नाटक गर्छौ हो ! नकच्चरा हो ? के जनताले बुझेका छैनन् भन्ठान्छौ ? यो ‘बतास ग्रुप’ पनि देशको धमिरा हो। जब देश संकटमा पर्छ, यसले सहयोगको नाटक मंचन गरेर भित्रभित्रै आफ्नो स्वार्थ पूर्ति गर्न तर्फ लाग्छ ।

  2. Radhyashyam Sharma Avatar
    Radhyashyam Sharma

    Yesko ta anuhar dekhda pani ris uthxa KP oli paxi second ma yesko budo third ma yo parxe…desh drohiharu

  3. Kilo Victor Avatar

    अब एक एक गरेर देशमारा हरामीहरुको गर्धन छिनाउनु पर्छ। अत्याचारको नाङ्गो नाचले सिमा नाघिसक्यो। जति चिप बस्यो उति हराम खोर हुँदै गए मातृभूमिका बलात्कारीहरु।

  4. Bikash Avatar
    Bikash

    Batas Foundation is a business org. so it’s somehow understandable that businesses try to use their political influence to promote their business–though it’s desirable that businesses are clean and ethical. It’s clearly unethical and outrageous for political leaders and their spouses to run their businesses under the guise of politics

Leave a Reply

Your email address will not be published. Required fields are marked *