सरकार सूचना लुकाउँदैनः सञ्चारमन्त्री कार्की

काठमाडौं । सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सरकार नागरिकको हितमा भएका कुनै पनि निर्णय लुकाउने पक्षमा नरहेको दाबी गरको छन् ।

बुधबार बसेको मन्त्रिपरिषद् बैठकले गरेको निर्णय सार्वजनिक गर्ने क्रममा उनले यस्तो दाबी गरेका हुन् ।

कार्कीले भने, ‘मुलुकलाई जानकारी गराइहाल्ने खालका निर्णय सार्वजनिक गर्ने हो । कतिपय निर्णय परिपक्वता भइसकेका हुँदैनन् । त्यसैले हामीले तुरुन्त सार्वजनिक गर्दैनौ । कतिपय निर्णय बैठक बसेकै दिन पनि परिपक्व हुँदैनन् भनेर नै हामीले पछिल्लो दिन पत्रकार सम्मेलनमार्फत सार्वजनिक गर्दै आएको हो ।’

मन्त्री कार्कीले वर्तमान सरकारले कुनै पनि सूचनालाई गोप्य राख्न नखोजेकाले यसमा स्पष्ट हुन सबैलाई आग्रह पनि गरेका छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *