काठमाडौं । नेकपा एमालेले संखुवासभाको चिचिला गाउँपालिकामा तालाबन्दी गरेको छ ।
अध्यक्ष पासाङ नुर्वु शेर्पाले अमेरिका छिर्न कार्यपालिकाको निर्णय किर्ते गरेपछि पालिकामा तालाबन्दी गरेको हो ।
पालिका अध्यक्षले छोरालाई समेत अमेरिका लैजान गाउँपालिकाबासीको हीतविपरीत रहेर कीर्ते कागजात बनाइ गाउँपालिकाको बदनाम गरेको विभिन्न दलहरुले आपत्ति जनाएका थिए ।
उनले गरेको निर्णय माथि छानबिन तथा कारबाही गर्न एमाले, माओवादी चिचिला गाउँपालिका कमिटी र राष्ट्रिय युवा संघ नेपालले माग पनि गरेका छन् ।
अध्यक्ष शेर्पाले अमेरिका भ्रमणका लागि उनी र छोरासहित नौ जनाको खर्च व्यहोर्ने गरी मंसिर २४ गते गाउँपालिकाबाट निर्णयको किर्ते कागज तयार पारेको नेपाल प्रेसले बाहिर ल्याएको थियो । तर, पुस १९ गते खर्च व्यहोर्ने विषयमा निर्णय नभएको भन्दै गाउँपालिकाले विज्ञप्तिमार्फत बचाउ गरेको थियो ।

Leave a Reply