तयार भयो गोपीकृष्णको डिजिटल म्याप : मल्टिप्लेक्स फिल्महलदेखि १४ तले होटलसम्म बन्दै

काठमाडौं । २५ वर्ष पुरानो गोपिकृष्ण फिल्म हललाई भत्काएर अहिले सो स्थानमा नयाँ व्यवसायिक संरचना निर्माण भैरहेको छ ।

फिल्म हलको इतिहास बोकेको यो ठाउँमा अहिले १४ तले होटेल बन्दै छ भने नयाँ प्रोजेक्टमार्फत चावहिललाई मनोरञ्जन, हस्पिटालिटी र सपिङ कम्प्लेक्सको नयाँ हब बनाउने गोपीकृष्णले जनाएको छ ।

गोपिकृष्ण सेन्ट्रल कम्प्लेक्स अर्थात जिकेसिसी नामाकरण गरिएको छ । अब गोपीकृष्णको नयाँ डिजिटल नक्सा तयार भएको छ । जिकेसीसी प्रबन्ध निर्देशक तथा फिल्म निर्माता नीरक पौडेल आफ्नो प्रोजेक्ट क्रिएटिभ हुनुपर्ने धारणा राख्छन् ।

सोहीअनुसार गोपीकृष्णको नयाँ डिजाइन सकिएको छ । गोपीकृष्णको आर्किटेक्ट डिजाइनदेखि संरचना निर्माणसम्मको काम चिनियाँ कम्पनीलाई दिइने भएको छ । आर्किटेक्ट डिजाइनको काम चिनियाँ कम्पनीले गरिरहेको छ ।

जिकेसिसी नाममै १४ मंसिर २०७८ मा उद्योग विभागमा कम्पनी पनि दर्ता भैसकेको छ । फेब्रुअरीदेखि सुरु हुने निर्माण दुईवर्षमा पुरा हुने भएको छ ।

चिनियाँ कम्पनीले तयार पारेको गोपिकृष्णको नयाँ आर्किटेक्ट डिजिटल नक्सा ।

जिकेसिसिको नयाँ ब्रान्डिङ अनुसार अब अहिले भैरहेका ओम, नमः र शिवायको नाम बदलिने भएको छ । हलको डेकोरेसन मात्र नभएर नाम पनि बदलिने भएको छ । नयाँ नाम रेड, ब्लू र ग्रीन हुनेछ । रेड हलमा सिट, कार्पेट, बाथरुम, फ्लोर, रेष्टुरेन्ट, लबी र लाइनिङ सबै रातो हुने भएको छ ।

ब्लूमा सबै नीलो र ग्रीनमा सबै हरियो तुल्याइने भएको छ ।

अब गोपिकृष्णको १४ तले भवनको नयाँ संरचना सबै स्टिल प्रविधिबाट बन्ने भएको छ । नेपालमा पहिलोपटक स्टिलबाटै यति ठूलो संरचना पहिलोपटक बन्न लागेको जनाइएको छ ।

नयाँ प्रोजेक्टबारे नीरक भन्छन् : मान्छेले पहिलो यस्तो ठाउँमा पनि फिल्म हल चल्छ र भन्थे । हामीले चलाएर देखायौं । नयाँ प्रोजेक्टमार्फत चाबहिललाई हस्पिटालिटी, मनोरञ्जन र सपिङको प्रिमियम डेस्टिनेसन बनाउनेछौं ।’

Comments

One response to “तयार भयो गोपीकृष्णको डिजिटल म्याप : मल्टिप्लेक्स फिल्महलदेखि १४ तले होटलसम्म बन्दै”

  1. मातृका प्रसाद खनाल Avatar
    मातृका प्रसाद खनाल

    नेपालमा बन्ने यति ठुलो संरचनालाई नेपाली नामबाटै ब्राण्डिङ् गर्दा सुनमा सुगन्ध मिसिएझैँ हुने थियो। नेपालको नेपाली ब्राण्डले विश्व बजारमा आफ्नो छुट्टै पहिचान स्थापित गर्ने थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *