काठमाडौं । नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले भारतका लागि प्रस्तावित नेपाली राजदूत शंकर शर्मालाई फिर्ता बोलाउन माग गरेका छन् ।
मंगलबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सुवालले अमेरिकी सहयोग परियोजना एमसीसी संसदमा पेस नै नभएको अवस्थामा शर्माले त्यसको सर्मथन गरेको भन्दै उनलाई फिर्ता बोलाउन माग गरेका हुन् ।
शर्मा हालै संसदीय विशेष सुनुवाई समितिबाट भारतका लागि नेपाली राजदूतका रुपमा अनुमोदित भएका थिए।

Leave a Reply