युवक हत्याको विरोधमा अवरुद्ध पूर्वपश्चिम राजमार्ग संचालनमा

जनकपुरधाम । शनिबार साँझ छुरा प्रहारबाट सिरहाको गोलबजार नगरपालिका-६ डोहटियाका २६ वर्षीय रामकुमार सदायको हत्या गरिएको विरोधमा स्थानीयबासीले अवरुद्ध गरेको पूर्वपश्चिम राजमार्ग झण्डै ४ घण्टापछि संचालनमा आएको छ ।

कानूनबमोजिम क्षतिपूर्तिको पहल गर्ने, घाइतेको निःशुल्क उपचारको व्यवस्था मिलाउने र दोषीलाई अविलम्ब पक्राउ गरी कारबाही गर्ने सहमति भएपछि पीडित परिवारले आन्दोलन स्थगित गरेको इलाका प्रहरी कार्यालय गोलबजारका इन्सपेक्टर सन्तोष राईले जानकारी दिए ।

आन्दोलनकारीले सहमति जनाएपश्चात अलपत्र सवारी र यात्रु गन्तव्यतर्फ लागेका छन् ।

उक्त घटनामा गम्भीर घाइते १९ वर्षीय निकेश सदायको आरके मेडिसिटी अस्पतालमा उपचार भइरहेको छ ।

चिरपरिचित व्यक्तिले नै छुरा हानेको बताइएको छ । उक्त घटनाको विरोधमा डोहटियाका मुसहर समुदायले बिहान ८ बजेदेखि सडकमा टायर बालेर पूर्वपश्चिम राजमार्ग अवरुद्ध पारेका थिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *