महाधिवेशनले योग्यहरुमध्येबाट उत्कृष्ट नेतृत्व छान्छः ईश्वर पोखरेल (भिडियो संवाद)

काठमाडौं। नेकपा (एमाले) का महासचिव ईश्वर पोखरेलले पार्टीको १० औं महाधिवेशनले योग्यहरुमध्येबाट योग्यतम नेतृत्व छान्ने बताएका छन् । ‘महाधिवेशनले एमाले भित्रका योग्यमध्यहरुबाट योग्यतम नेतृत्व छान्छ,’ शुक्रबार महाधिवेशन केन्द्रित भिडियो संवादमा पोखरेलले भने ।

पोखरेलले यो पटक लोकतान्त्रिक अभ्यासका नाममा प्यानलवद्ध चुनाव नहुने पनि बताए। ‘लोकतान्त्रिक अभ्यास गर्नुपर्छ भन्ने नाममा नवौं महाधिवेशनमा विभाजनलाई संस्थागत गर्ने गरि तलदेखि माथिसम्म प्यालन बन्न दियौं,’ उनले भने, ‘यसले एमाले भित्र स्थायी रुपमै गुटबन्दीलाई संस्थागत गरिदियो । यो महाधिवेशनमा हाम्रो प्यानल बन्दैन । सूची बन्दैन ।’

उनले यसपाली प्यानल भन्दा ‘कलष्टर’का आधारमा प्रतिष्पर्धा भने हुनसक्ने बताए। ‘भोट के मा हाल्ने त भन्दा भोगोलिक क्षेत्र, जनजाती, दलितका छुट्दै कलष्टर छन्,’ पोखरेलले भने, ‘नेपालको संविधानकै आधारमा कलष्टर छुट्याएका छौं । कलष्टर छुट्याएपछि साथीहरुले त्यही अनुसार उम्मेदवारी दिनुहुन्छ ।’

एमालेमा विभिन्न पुस्तालाई संयोजनको खाँचो भएको उनको भनाइ छ । ४० वर्षसम्मको एउटा पुस्ता, ४०–६० वर्ष र ६० वर्षभन्दा माथिको पुस्तालाई एमालेले मिलाएर लैजाने बताए।

पोखरेलले चितवनबाट एमालेले पार्टी सुदृढ र संगठित छ भन्ने सन्देश दिने पनि बताए।

हेर्नुहोस् उनीसँगको भिडियो संवादः

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *