१३ व्यवसायीलाई समेटेर अमेरिकाले नेपालमा गठन गर्‍यो ‘अमेरिकन चेम्बर अफ कमर्स’

काठमाडौं । अमेरिकाले नेपालमा रहेका आफ्ना कम्पनीहरुका व्यवसायी प्रतिनिधिलाई समेटेर पहिलोपटक अमेरिकन चेम्बर अफ कमर्स (एमछम) गठन गरेको छ ।

अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लू र उपसहायक विदेशमन्त्री केली किडरलिङको उपस्थितीमा एमछम घोषणा गरिएको हो ।

एमछमको शाखा विश्वभर फैलिएको र यसमा अमेरिकी चेम्बर अफ कमर्सका प्रतिनिधि रहने दूतावासले जनाएको छ । गठित एमछम कार्यसमिति १३ सदस्यीय रहेको काठमाडौंस्थित अमेरिकी दूतावासद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

जसमा लोटस होल्डिंग्सका अजित शाह अध्यक्ष छन् । एमछमका सदस्यहरुमा मेटलाइफका निर्मल श्रेष्ठ, कम्प्लिएन्स क्वेस्टका अतुल्य रिसाल, लिपफ्रग टेक्नोलोजीका कैलाश बायनन्द, फोर्ड डिष्ट्रिब्युटर आकाश गोल्छा, हायातका जयदिन श्रेष्ठ छन् ।

साथै, फ्रस्ट एन्ड सुलिभानका मंगेशलाल श्रेष्ठ, क्याटरपिल डिष्ट्रिब्युटरका अस्कर बतास, पठाओ राइड सेयरिङका असिममान सिंह बस्न्यात, डेल डिष्ट्रिब्युटरका संजय गोल्छा, कारखानाका साकार पुडासैनी र लेगल एड्भाइजरका सीमान्त दाहाल छन् ।

हायात होटलमा सहायक विदेशमन्त्री लू एमछमका पदाधिकारीलाई भेट गरेका थिए । गरिबी घटाउन निजी क्षेत्रको महत्वपूर्ण भूमिका हुने उनले बताए । उपसहायक विदेशमन्त्री किडरलिङले औपचारिक अर्थतन्त्रमार्फत महिला सशक्तिकरण र अल्पसंख्यकको क्षेत्रमा काम गर्न सुझाइन् ।

 

Comments

One response to “१३ व्यवसायीलाई समेटेर अमेरिकाले नेपालमा गठन गर्‍यो ‘अमेरिकन चेम्बर अफ कमर्स’”

  1. रबिकुमार गिरि Avatar

    परिणाम राम्रो अावस,भाेलि युद्ध स्थल नबनाेस नेपाल ,अमेरिकी टेक्नोलोजी स्थाइ हुन्छ तर अति घातक पनि हुन्छ भन्ने सबै ले बुझ्नु जरुरी छ।एसियाली मुलुक मा बढ्दाे चिनियाँ अाधुनिकिकरण र बिकाकाे पर्भाब बाट अमेरिकी हरु जलेका छन ,मुलुक लाई सिरिया,अफगानिस्तान ,इराक जस्तो अवस्थामा नपुर्याइयाेस,नेपाली जनता ले भाेलि नेताहरू काे घर घरमा छापामार्नु नपराेस।

Leave a Reply

Your email address will not be published. Required fields are marked *