भव्य समारोहबीच विद्यालय उद्घाटन

चौतारा । जनज्योति आधारभूत विद्यालय चौतारा साँगाचोकगढी नगरपालिका- ११ को नब निर्मित भवनको मंगलबार एक भब्य समारोहका विच उद्घाटन भएको छ ।

भारतीय समाजसेवी संस्था टाटा कम्युनिटी ईनिसिएटिभ ट्रष्टको वित्तीय सहयोगमा टाटा ट्रष्ट भारत र सिप्रदीयन सहायता संस्था काठमाडौको सहकर्यमा भवन निर्माण सम्पन्न भएको हो ।

नवनिर्मित भवनको टाटा कम्युनिटी ईनिसिएटिभ ट्रष्टकाका माहाप्रबन्धक श्रीरङ्ग धवले, चौतारासाँगाचोकगढीका प्रमुख अमानसिं तामाङ र सिप्रदीयन सहायता संस्थाका बरिष्ट उपाध्यक्ष शम्भुप्रसाद दाहाले संयुक्त रुपमा उद्घाटन गरेकाहुन् ।

१ करोड ४ लाख लागतमा निर्माण सम्पन्न भएको भवन भूकम्प प्रतिरोधी ५ कोठे छ । भवन सहित घेरावार, फर्निचर निर्माण सहि खेलकुदका सामाग्री उपलब्ध गराईएको टाटा ट्रष्ट भारतका एरियामा मेनेजर सुरज पोखरेलले जानकारी दिए ।

उद्घाटन समारोहमा टाटा कम्युनिटी ईनिसिएटिभ ट्रष्टकाका माहाप्रबन्धक श्रीरङ्ग धवले, चौतारा साँगाचोकगढी नगरपालिका प्रमुख अमानसिं तामाङ, सिप्रदीयन सहायता संस्थाका बरिष्ट उपाध्यक्ष शम्भुप्रसाद दाहाल, चौतारा साँगाचोकगढी नगरपालिका उपप्रमुख जानुका पराजुली, एमाले नेता सिता थापा, शिक्षा विकास तथा समन्वय ईकाई सिपाका प्रमुख कृष्णप्रसाद सुवेदी, शिक्षक महासंघका जिल्ला अध्यक्ष ध्रुवराज गिरी, वडा अध्यक्ष शुशीलवहादुर माझी लगाएतले मन्तब्य राखेका थिए ।

समारोहमा टाटा कम्युनिटी ईनिसिएटिभ ट्रष्टकाका माहाप्रबन्धक श्रीरङ्ग धवले र सिप्रदीयन सहायता संस्थाका बरिष्ट उपाध्यक्ष शम्भुप्रसाद दाहाललाई ताम्र- पत्र द्धारा सम्मान गरिएको थियो । समारोमै भवन निर्माणका क्रममा सहयोग गर्नु हुने विभिन्न सहयोगीलाई समेत कदर- पत्र द्धारा सम्मान गरिएको थियो ।

यसरी सम्मानित हुनेहरुमा सिप्रदीयन सहायता संस्थाका विनोदबहादुर सिह, विमल गौतम, नेपाल पत्रकार महासंघका केन्द्रीय प्रतिनिधि परिषदका सदस्य ज्ञानेन्द्रप्रसाद तिमिल्सिना, स्काई ल्याण्ड कन्सल्टेन्सी र निर्माण कम्पनी टक्सार अवाले जेभी छन् । समारोहमा विद्याथीले आकर्षक गित तथा नृत्य प्रस्तुत गरेका थिए । विद्यालय ब्यबस्थापन समितिका अध्यक्ष नकुल गिरीको अध्यक्षतामा उद्घाटन समारोह भएको हो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *