काठमाडौं । आईसीसी महिला टी-२० विश्वकप एसिया छनौटको तयारीको रूपमा कतारविरुद्धको पहिलो टी-२० सिरिजमा ईन्दु वर्माले अर्धशतक बनाएकी छन् ।
दोहाको वेस्टइन्ड पार्क अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालका लागि ईन्दुले ४६ बलमा ४ चौकासहित अर्धशतक बनाएकी हुन् ।
नेपालका लागि काजल श्रेष्ठले ७ रन, सिता राना मगरले ३३ बलमा ५ चौकासहित ३९ रन बनाएर पेभिलेन फर्केका थिए । त्यस्तै कप्तान रुबिना क्षेत्री २ बलमा कुनै पनि रन नजोडि आउट भइन् ।
नेपाल अहिले १७ ओभरको समाप्तिमा १३०/३ को अवस्थामा खेलिरहेको छ ।

Leave a Reply