राष्ट्रिय फुटबल टोलीकी गोलकिपर एन्जिलाको बायोपिक फिल्म बन्ने

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीकी गोलकिपर एन्जिला तुम्बाप्पो सुब्बालाई लिएर बायोपिक फिल्म निर्माण हुने भएको छ । नेपाली राष्ट्रिय टोलीकी पहिलो रोजाइकी गोलकिपरसमेत रहेकी एन्जिलाको जीवनमा आधारित रहेर केन्द्र मोसन पिक्चर्सले बायोपिक बनाउने भएको हो ।

पूर्वाञ्चलको क्षेत्रीय टोली-उमेर समूह हुँदै राष्ट्रिय टोलीसम्मको यात्रा तय गरेकी एन्जिलाले श्रीलंकाविरुद्ध यु-१४ मा डेब्यु गरेकी थिइन् । सन् २०१४ देखि राष्ट्रिय टोलीमा परेकी एन्जिलाले दुई वर्ष बेन्चमै बस्नु परेको थियो । यद्यपि, त्यसयता भने एन्जिला नै नेपाली टोलीकी निर्विकल्प गोलकिपर सावित हुँदै आएकी छन् ।

२५ वर्षीया एन्जिलाले पनि आफ्नो बायोपिक फिल्म बन्ने करिब निश्चित भएको प्रतिक्रिया दिइन् ।

‘बायोपिक बनाउने भनेको छ, कुरा भइरहेको छ’ उनले नेपाल प्रेससँग भनिन्, ‘खेलको तालिका र पढाईको समय पनि मिलाएर सुटिङ सुरु गर्ने भनेको छ ।’ केन्द्रमोसन पिक्चर्सका कम्पनी निर्देशक अरबिन्द पोमु (लिम्बु)ले पनि दोस्रो प्रोजेक्टको रूपमा एन्जिलाको बायोपिक बन्न लागेको बताए ।

‘हामीले प्रदीप भट्टराईसँग एउटा प्रोजेक्टमा काम गर्न लागिरहेका छौं’ पोमुले भने, ‘त्यो सकेर लगभग यस वर्षको अन्त्यतिर बायोपिकको कार्य सुरु गर्ने योजना बनाएका छौं ।’ उनले अहिले बायोपिकका लागि स्क्रिप्ट तयार भइरहेको समेत जानकारी दिए ।

Comments

2 responses to “राष्ट्रिय फुटबल टोलीकी गोलकिपर एन्जिलाको बायोपिक फिल्म बन्ने”

  1. Toyajeet Rai Avatar
    Toyajeet Rai

    ईलामकी एक चेली एन्जिला तुम्बापो।बर्तमान समयकी सफल राष्ट्रिय महिला फुटबल टिमकी गोलकिपर।उत्साह मुलक, प्रेरक र उर्जाशिल काम उत्कृष्ट फर्ममा रहेको बेला एक सफल नक्षत्र खेलकुद क्षेत्र कै उदाहरणीय काम हुनेमा हामी सम्पुर्ण नेपालीहरुलाई गौरवको कार्य हुन लागेको महसुस भएको छ। दक्षिण एसिया कै चर्चित मार्शल आर्ट्सका भारतिय अन्तर्राष्ट्रिय मास्टर खेलाडी मेरि कोमको खेल जीवन कथामा आधारित फिल्म बनेर ट्रेलरबाट मात्र करोडौं कमाएको उदाहरण प्रष्टै छ। आशा छ। नेपाली ईतिहासमा पनि पहिलो रोजाईकी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गोल रक्षक एन्जिला तुम्बापोको नाम स्वर्णिम अक्षरमा लेखियोस। ताकी भोलि आउने नयाँ पुस्ताले पनि उनका खेल जीबनबाट प्रभावित भै देशको नाम उच्च राख्न सफल हुन् ।
    संसारका शक्तिशाली राष्ट्रहरुका राष्ट्र नायक, राष्ट्रपति, प्रधानमन्त्री, राजहरु सायदै कमै चर्चाको शिखरमा पुग्लान। तर खेलकुद यस्तो पबित्र मार्ग हो। जसले संसारलाई भाइचाराको भावनाको मात्र बिकास गर्दैन। देशको आन्तरिक तथा बाह्य ब्यापारिक बिस्तारको सम्झौता बिकासमा पनि सहयोग पुर्याउनमा मद्धत गर्नेछ।

  2. Bikram Phago Wanem. Avatar
    Bikram Phago Wanem.

    भारी बधाई तथा सफलताको लाख-२,शुभकामना छ,एञ्जीला तुम्बापो नानुमाजीलाई।🙏💕💐

Leave a Reply

Your email address will not be published. Required fields are marked *