प्रदेश १ का मुख्यमन्त्री राईको गुनासो– मन्त्री नपाए दाम्लो चुँडाउनेहरु धेरै भए

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का नेता एवं प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईले आफ्नोसँगै अन्य पार्टीहरुमा पनि मन्त्री बन्न मरिहत्ते गर्ने प्रवृत्ति बढेको बताएका छन् ।

शनिबार एकीकृत समाजवादीको केन्द्रीय कमिटीको दोस्रो पूर्ण बैठकमा राईले प्रदेश सरकारबारे धारणा राख्दै मन्त्तालय संख्या बढाउने योजना र सहमति भएको जानकारी गराए।

‘सबै पार्टीमा मन्त्री बन्ने आकांक्षीहरु धेरै छन्,’ उनले भने, ‘अरु पार्टीमा दाम्लो चुडाउने प्रवृत्ति छ, हाम्रो पनि त्यस्तो नभएको होइन।’

राम्रा मन्त्री छान्दा पनि नपाएकाले विरोध गर्ने प्रवृत्ति रहेको उनले बताए। ‘सयमा ९५ प्रतिशत सही मन्त्री ठीक छान्यो भने पनि जो पर्दैन उसले विरोध गर्ने प्रवृत्ति छ,’ उनले भने।

राईले पार्टीले नै सरकार चलाउनुपर्ने सैद्धान्तिक कुरामा आफ्नो विमति नरहेको बताउँदै राजनीतिक नियुक्तिमा मात्रै नभएर नीतिगत निर्देशन पनि पार्टीले गर्नुपर्ने बताए।

Comments

One response to “प्रदेश १ का मुख्यमन्त्री राईको गुनासो– मन्त्री नपाए दाम्लो चुँडाउनेहरु धेरै भए”

  1. परदेशी कान्छो Avatar
    परदेशी कान्छो

    नेकपा (एस) भनेको दाम्ले पार्टी हो राई कामरेड! एमालेबाट दाम्लो चुडालेर निस्केको, पार्टी गठन गर्न संबिधानको दाम्लो चुडाएको, नेपाली कम्युनिस्ट को मौलिक विचार जबज बाट दाम्लो चुडाएको। 😁😁

Leave a Reply

Your email address will not be published. Required fields are marked *