मन्त्री गड्करी र रामदेवले काठमाडौंमा दुई टिभी च्यानल उद्घाटन गर्दै, देउवासहितका शीर्ष नेतालाई पनि भेट्ने

काठमाडौं । भारतीय परिवहनमन्त्री एवं सत्तारुढ बीजेपी नेता नितिन गड्करी पतञ्जली योगपिठको निम्तोमा नोभेम्बर १८ मा काठमाडौं आउने भएका छन् ।

मन्त्री गड्करीसँगै योग गुरु रामदेव र पतञ्जली योगपीठका अध्यक्ष आचार्य बालकृष्ण पनि काठमाडौं आउने भएका छन् । पतञ्जली योगपिठले काठमाडौंमा आयोजना गर्ने कार्यक्रममा उनीहरुले भाग लिने भएका छन् ।

नोभेम्बर १९ मा पतञ्जली योगपिठले काठमाडौंमा प्रसारण सुरु गर्ने दुई अध्यात्मिक च्यानलहरु आस्था नेपाल र पतञ्जली नेपाल उद्घाटन कार्यक्रममा उनीहरुले भाग लिनेछन् । प्रधानमन्त्री शेरबहादुर देउवाले ती टिभी च्यानल उद्घाटन गर्ने कार्यक्रम छ ।

काठमाडौंमा छँदा बीजेपी नेता तथा मन्त्री गड्करीले प्रधानमन्त्री देउवा र सत्तारुढ तथा प्रतिपक्ष दलका शीर्ष नेताहरुलाई भेट्ने कार्यक्रम छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *