काठमाडौ । प्रभु बैंकले गत आर्थिक वर्षको मुनाफाबाट लाभांश घोषणा गरेको छ । मंगलबार बसेको सन्चालक समितिको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट १२ प्रतिशत बोनस शेयर तथा कर प्रयोजनका लागि ०.६३ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको छ।
नेपाल राष्ट्र बैंकको स्वीकृति पश्चात बैंकको आगामी साधारण सभाले पारित गरेपछि शेयरधनीले पाउनेछन् ।
बैंकले अघिल्लो वर्ष १० प्रतिशत बोनस र ०।५३ प्रतिशत नगद लाभांश वितरण गरेको थियो ।

Leave a Reply