प्रधानसेनापति शर्मा कात्तिक २३ गते भारत भ्रमणमा जाने

काठमाडौँ । प्रधानसेनापति प्रभुराम शर्मा आगामी कात्तिक २३ गते भारत भ्रमणमा जाने भएका छन् । भारतीय समकक्षी एमएम नरवाणेको औपचारिक निम्तोमा उनी त्यसतर्फ जान लागेको नेपाली सेनाले जनाएको छ ।

गत भदौ २४ गते प्रधानसेनापति भएपछि उनको यो पहिलो विदेश भ्रमण हो । भारत भ्रमण सकेर उनी कात्तिक २६ गते स्वदेश फर्कने कार्यक्रम छ ।

भारत भ्रमणको क्रममा उनले त्यहाँका राष्ट्रपतिबाट मानार्थ महारथीको दर्जाबाट सम्मानित हुने कार्यक्रम राखिएको छ । नेपालका प्रधानसेनापति भारतीय सेनाका मानार्थ महारथी र भारतका सेनाध्यक्ष नेपाली सेनाका मानार्थ महारथी दर्जाले सम्मानित हुने परम्परा छ ।

सेनाले विज्ञप्तिमा जनाएअनुसार शर्माले भारत भ्रमणमा समकक्षी जनरल नरवाणे लगायत भारतीय सेनाका विभिन्न निकायका प्रमुखसँग भेट्ने कार्यक्रम रहेको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *