मन्त्रिपरिषद् बैठक : संसद अधिवेशन अन्त्य गर्न सिफारिस

काठमाडौं । सरकारले संसद अधिवेशन अन्त्यको सिफारिस गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले भोलि शुक्रबार मध्यरातदेखि अधिवेशन अन्त्यका लागि सिफारिस गरेको शिक्षामन्त्री देवेन्द्र पौडेलले नेपाल प्रेसलाई जानकारी दिए।

२३ भदौमा शुरु भएको अधिवेशनमा नेकपा एमालेले निरन्तर नाराबाजीका कारण संसद प्रभावहीन बनेको छ । यद्यपि प्रतिस्थापन विधेयकमार्फत ओली सरकारले ल्याएको बजेट पनि यही अधिवेशनमा संशोधन भएको थियो।

 

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *