देउवा बेलायत जानुअघि राजदूतसँग कोप-२६ मा नेपालको मुद्दाबारे छलफल

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा स्कटल्यान्ड प्रस्थान गर्नुअघि बुधबार बेलायती राजदूत निकोला पोलिटसँग कार्बन उत्सर्जन घटाउने नेपालको प्रतिबद्धताबारे छलफल गरेका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा भएको उक्त भेटवार्तामा बेलायतले नेपालको हरित विकासमा सघाउन तयार भएको बताएको दूतावासले जनाएको छ ।

प्रधानमन्त्रीले कार्बन उत्सर्जन गर्ने पूर्वप्रतिबद्धतामा नेपाल अडिग रहेको राजदूतसँग बताएका थिए । जलवायु संकटबाट प्रभावित नेपालजस्ता मुलुकको लागि बेलायतले पछिल्ला पाँचवर्षमा ११.६ बिलियन पाउन्ड जलवायु लगानी गरेको जानकारी समेत राजदूतले बताएकी थिइन् ।

प्रधानमन्त्री देउवासहितको नेपाली प्रतिनिधिमण्डल शुक्रबार बिहान जलवायु सम्मेलन कोप–२६ मा भाग लिन बेलायतको स्कटल्यान्डतर्फ प्रस्थान गर्दैछ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *