‘अन्तिमपटक’ चितवनबाटै चुनाव लड्ने उद्घोष गरेका प्रचण्ड घरदैलोमा (तस्बिरहरू)

काठमाडौं । आउने संसदीय निर्वाचन चितवनबाटै लड्ने उद्घोष गरेका नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो निर्वाचन क्षेत्रमा घरदैलो थालेका छन् ।

उनकी छोरी एवम् स्वकीय सचिव गंगा दाहालका अनुसार प्रचण्डले निर्वाचन क्षेत्रका शहीद परिवार तथा घरदैलोमा गएर जनतासँग भेटघाट गरेका हुन् ।

हिजो चितवन पुगेका प्रचण्डले भरतपुर विमानस्थलमा पत्रकारहरूसँग कुरा गर्दै आगामी संसदीय निर्वाचन आफ्नो अन्तिम हुन सक्ने संकेत गरेका थिए । र, उनले चितवनबाटै अन्तिम निर्वाचन लड्ने बताएका थिए ।

एमालेले बुटवलमा गर्ने भनेको महाधिवेशन आफूलाई लक्षित गरेर चितवन सारेको टिप्पणी गर्दै प्रचण्डले यही कारणले पनि आफूले चितवन नछाड्ने बताएका थिए ।

Comments

One response to “‘अन्तिमपटक’ चितवनबाटै चुनाव लड्ने उद्घोष गरेका प्रचण्ड घरदैलोमा (तस्बिरहरू)”

  1. Laleek Avatar
    Laleek

    यहिबेला हो है बलियोसँग किला ठोक्ने नत्र किला हल्लिन सक्छ, सचेत भया, हार्दिक बधाई तथा शुभकामना छ कमरेडलाई ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *