सबैले आफ्नो ठाउँबाट योगदान पुर्‍याए १० वर्षभित्र नेपाल सम्पन्न मुलुक बन्ने सञ्चारमन्त्रीकाे दावी (भिडिओ)

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जनताले अनुभूति गर्ने गरी समृद्धिको दिशामा अग्रसर हुन सबैलाई आ–आफ्नो ठाउँबाट योगदान पुर्‍याउन आग्रह गरेका छन् ।

नेपाल सरकारका प्रवक्ता समेत रहेका मन्त्री कार्कीले समृद्धिको दिशामा सबैले आ–आफ्नो ठाउँबाट अघि बढन सके १० वर्ष भित्रमा दक्षिण एशियामा नेपाल पनि एक सम्पन्न मुलुक बन्ने दावी समेत गरे ।

उनले विज्ञापन बोर्डप्रति लक्षित गर्दै हरेकले आफैले आफैंलाई अनुशासित बनाएर जनतालाई लोकतन्त्रको अनुभूति गराउनुपर्ने आवश्यक्ता समेत औंल्याए ।

विज्ञापन दिवसको अवसर पारेर सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै मन्त्री कार्कीले समाजका अरु क्षेत्रलाई पनि उदाहरणीय बन्ने गरेर मुलुकको समृद्धिको अभियान जुटन विज्ञापन क्षेत्रसँग सम्बन्धित संघ, संस्थाहरुलाई सचेत गराए ।

उनले भने,‘एउटै लक्ष्य हुनुपर्दछ । त्यो भनेको मुलुकलाई समृद्धिको दिशामा अग्रसर गराउने लक्ष्यमा पु¥याउनु पर्दछ । हामीले केवल भाषणमा, दस्तावेजमा मात्रै समृद्धिको कुरा गरेर जनताले समृद्धिको अनुभूति गर्न सक्दैनन् । त्यसैले जनताले अनुभूति गर्न सक्ने किसिमको समृद्धिको दिशामा हामी सबैले आ–आफ्नो ठाउँबाट जिम्मेवारीपूर्वक तरिकाले अगाडि बढ्यौं भने देखि मलाई लाग्दछ–१० वर्ष भित्रमा साउथ एसियामा हामी एउटा सम्पन्न मुलुकको रुपमा विकसित हुन सक्दछौं । ’

मन्त्री कार्कीले विज्ञापन सम्बन्धि आचारसंहिताको प्रस्तावित मस्यौंदामाथि सुझाव दिएर यसलाई समृद्ध बनाउन पनि सराकारवाला सबै निकायलाई आह्वान गरे ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *